काठमाडौं, जेष्ठ १२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले महामारी विरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधका लागि आग्रह गरेका छन्।
मुस्लिम समुदायको चाँड इदुल फित्रका अवसरमा शुभकामना दिदै दाहालले महामारी विरुद्धको संघर्षमा एकताबद्ध प्रतिरोधको खाँचो रहेको उल्लेख गरेका छन्। ‘‘इदुल फित्र चाँडका अवसरमा मुस्लिम समुदायमा सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गर्दछु’’, दाहालको शुभकामना सन्देशमा उल्लेख छ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक भएको उल्लेख गर्दै विविधताभित्रको एकता नै नेपालको मौलिक विशेषता र पहिचान भएको बताएका छन्।
“बहुधर्म र संस्कृतिले नै हाम्रो समाजलाई पारस्पारिक सम्मान, सहिष्णुता र सद्भावसहित अगाडि बढ्न अभिप्रेरित गर्नेछ”, सन्देशमा उल्लेख छ।
Facebook Comments


























