चितवन । विश्वमा साढे २० लाख भन्दा धेरै मानिस कोरोना संक्रमणमुक्त भएका छन्। ५१ लाख ९४ हजार २ सय १० मा कोरोना सङ्क्रमण पुष्टि भएकोमा २० लाख ८० हजार ९ सय ६६ जना संक्रमणमुक्त भएका वल्डाेमिटरले जनाएको छ। उपचार गराइरहेका २७ लाख ७८ हजार ६ सय २६ मध्ये २ प्रतिशत अर्थात ४५ हजार ६ २० जनाको अवस्था जटिल र बाँकी २७ लाख ३३ हजार ३ जनाको अवस्था सामान्य छ।
शुक्रबार बिहान सवा ९ बजेसम्ममा काेराेना भाइरसका कारण ३ लाख ३४ हजार ६ सय २१ जनाको ज्यान गएको छ। अहिलेसम्म अमेरिकामा मात्रै १६ लाख २० हजार ९ सय २ जनामा कोरोना पुष्टि भएको छ। त्यहाँ ३ लाख ८२ हजार १सय ६९ जना कोरोनाका विरामी संक्रमणमुक्त भएका छन्।
यस्तै भारतमा कोरोनाका नयाँ विरामी र ज्यान गुमाउनेको दर बढ्दै गएको छ। गएको २४ घण्टामा मात्रै भारतमा ६ हजारभन्दा धेरै नयाँ विरामी थपिएका छन् भने र १ सय ५० जनाको ज्यान गएको वर्ल्डाेमिटरले जनाएको छ। यससँगै भारतमा कोरोना सङ्क्रमितको संख्या १ लाख १८ हजार २ सय २६ नाघेको छ।
अहिलेसम्म ३ हजार ५ सय ८४ जनाको ज्यान गएको छ। भारतमा ४८ हजार ५ सय ५३ जना कोरोना संक्रमणमुक्त भएकाछन्। यता नेपालमा भने ४९ जना कोरोना संक्रमणमुक्त भएका छन्।


























