काठमाडौं, जेष्ठ ८ । सरकार लकडाउन खुकुलो बनाएर सामान्य अवस्थामा लगेर अर्थतन्त्र चलायमान बनाउने तयारीमा रहेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले लकडाउनका कारण हरेक क्षेत्र प्रभावित भएकाले यसलाई सामान्य अवस्थामा लैजाने तयारीमा सरकार रहेको जानकारी दिए।
नेपाल उद्योग परिसंघले सामाजिक सञ्जाल (जुम एप) मार्फत गरेको कार्यक्रममा उनले अब कोरोनासगँ डराएर होइन सुरक्षा अपनाएर उद्योग कलाकारखाना चलाउने तयारी भएको बताए।
भट्टले कोरोना भाइरसबाट सावधानी अपनाएर अर्थतन्त्रलाई चलाएमान बनाउँदै लैजाने जानकारी दिए। उनले भने, ‘भारतसगँ जोडिएका नाकाहरुमा समस्या बढ्दै गएको छ। ती नाकाहरुमा सर्तकता अपनाउँदै लकडाउन अवाश्यक हो कि हैन भनेर बहस गर्दै जाने बेला आएको छ। उद्योगहरु सहज तरिकाले कसरी सञ्चालन गर्न सकिन्छ भनेर उद्योग, श्रम, कृषि र अर्थमन्त्रायले अध्ययन गरिरहेका छन्।’
सरकारले संचालनका लागि अनुमति दिएका ४४ उद्योगहरुमा भएको समस्याका बारेमा मन्त्रालयले अध्ययन गरिरहेको उनले बताए। तर उनले सरकारले गर्नु पर्ने काम गरिरहेको र निजी क्षेत्रहरुले गर्नुपर्ने काम नरोक्न आग्रह गरे।
निजी क्षेत्रको संगठनसगँ आबद्ध नभएका उद्योगहरुले पनि उद्योग विभागमा गएर निवेदन दिएका आधारमा विभागले पास दिने गरेको उनले बताए।


























