काठमाडौं, जेष्ठ ६ । लकडाउनको मोडालिटी परिवर्तन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको स्वदेश फिर्ती तथा अन्य देशमा रहेका नागरिक फर्काउने मोडालिटी सरकारले गृहकार्य अघि बढाएको छ। यसबारे छलफल गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना महामारी नियन्त्रण सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठक मंगलबार बस्दैछ।
लकडाउनकै बीचमा कतिपय देशबाट नागरिक उद्धार गर्नुपर्ने अवस्था रहेकाले उनीहरुको व्यवस्थापनबारे पनि छलफल भइरहेको छ। विदेशबाट ल्याएर क्वारेन्टाइनमा राख्नेबारे गत आइतबारको मन्त्रिपरिषद्को बैठकमा छलफल भएको थियो।
साथै लकडाउनका केही मोडालिटी हेरफेरसम्बन्धि अधिकार समितिलाई मन्त्रिपरिषद्ले दिएको छ। त्यसबारे पनि आज केही निर्णय हुने सम्भावना छ।
Facebook Comments


























