काठमाडौं, जेष्ठ ५ । कालिमाटी तरकारी बजारमा गरिएको कोरोना भाइरसको सबै परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले परीक्षण गरिएका सबै रिपोर्ट नेगेटिभ आएको बताएको छ।
गत जेठ १ गते कालिमाटी तरकारी बजारका ६ सय १ जनामा आरडीटी र पीसीआर परीक्षण गरिएको थियो। जसमा २ जनाको आरडीटी परीक्षण पोजेटिभ आएको थियो।
उनीहरुलाई टेकु अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।
Facebook Comments


























