वासिङ्टन, जेष्ठ ५ । अमेरिकी हवाई बलले गोप्य मिसनका लागि स्पेस योजनाअन्तर्गत एक्स ३७ बी बाहक एट्लस भी रकेटको सफल प्रक्षेपण गरेको छ।
शनिबार प्रक्षेपण गर्ने भनिएको रकेट खराब मौसमका कारण रोकिएको र आइतबार केप कानाभेरलबाट प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ।
यस विमानलाई ‘अर्बिटल टेस्ट भेहिकल’ (९ओटीभी) समेत भन्ने गरिन्छ। यसले कक्षमा स्याटेलाइट परिचालन गर्नुका साथै पावर(विमिङ टेक्नोलोजीको परीक्षण गर्नेसमेत बताइएको छ। यो विमानको छैटौं मिसन हो।
महामारीविरुद्ध अग्रमोर्चमा रहेर कोरोनाविरुद्ध लडिरहेकाहरुप्रति समर्पित गरेर रकेट प्रक्षेपण गरेको बताइएको छ। रकेटको पेलोड फायरिङमा ‘अमेरिका बलियो’ सन्देश लेखिएको थियो। बीबीसी
Facebook Comments


























