काठमाडौं, जेष्ठ ४ । भारतले कोरोना भाइरसको परीक्षणका लागि प्रयोग हुने किट तथा अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ३० हजार थान पिसिआर किट हस्तान्तरण गरेका छन्।
माईल्याबले उत्पादन गरेको किट हस्तान्तरण गरेको हो। यसअघि वैशाख १० गते राजदूत क्वात्राले सरकारलाई भारतका तर्फबाट २३ टन औषधि हस्तान्तरण गरेका थिए।
औषधी तथा किट कोभिड–१९ विरुद्धको अभियानमा ऐक्यबद्धता जनाउन प्रदान गरिएको जनाइएको छ।
Facebook Comments


























