जेष्ठ ४ । इटालियन क्लब पर्माका दुई खेलाडीमा कोरोना भाईरसको संक्रमण देखिएको छ।इटालियन सिरी ‘ए’ क्लब पर्माले शनिबार आफ्ना दुई खेलाडीमा कोरोना देखिएको जनाएको छ।
कोरोना पोजेटिभ देखिएपछि दुई खेलाडीलाई आईसोलेसनमा राखिएको पर्माले जनाएको छ। क्लबमा आबद्द ६० जनामा परिक्षण गर्दा दुई खेलाडीमा पोजेटिभ देखिएको बताईएको छ।
पर्माले दुवै खेलाडीको दोस्रो नतिजा भने नेगेटिभ आएको समेत जनाएको छ। तर, पनि खेलाडीलाई आईसोलेसनमा राखिएको जनाएको छ।
सोमबारबाट टिमको प्रशिक्षण गर्ने तयारी गरिरहदा पर्माका दुई खेलाडीमा कोरोना देखिएको हो। कोरोनाको महामारीपछि गत मार्चबाट इटालियन सिरी ए लिग स्थगित गरिएको छ। एजेन्सी
Facebook Comments


























