जेष्ठ ४ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको दोस्रो लेग खेल अगष्टमा हुने भएको छ।
कोरोना भाईरसको महामारीपछि स्थगित सिटी र रियलबीचको दोस्रो लेगको खेल अगष्ट ७ मा हुने तय भएको डेलीमेलले जनाएको छ।
तर, च्याम्पियन्स लिगले भने औपचारिक रुपमा रियल र सिटीबीचको खेलको तालिका सार्वजनिक गरेको छैन।
कोरोनाको महामारीपछि गत मार्चबाट सम्पूर्ण फुटबल गतिविधि थगित गरिएको छ। तर, जर्मनीको बुन्डेसलिगा फुटबल भने शनिबारबाट सुचारु गरिएको छ।
यस अघि गत फेब्रुवरीमा रियलको मैदानमा भएको पहिलो लेगमा सिटीले २-१ को जित निकालेको थियो। दोस्रो लेग सिटीको मैदानमा हुनेछ।
१३ पटकको च्याम्पियन रियललाई अन्तिम आठमा पुग्न उत्कृष्ट जितको आवश्यकता रहेको छ। सिटीलाई भने बराबरीले पुग्नेछ। एजेन्सी
Facebook Comments


























