सुर्खेत, जेष्ठ ३ । सुर्खेतको चौकुने गाउँपालिका–२ स्थित कर्णाली नदीमा डुङ्गा पल्टिदा तीन जना बेपत्ता भएका छन्।
शुक्रबार साँझ करिव साँढे ६ बजे कैलालीको मोहोन्याल गाउँपालिका–२ कोलतडी जाने क्रममा डुङ्गा पल्टिएको हो।
ढुङ्गा पल्टिदा सुर्खेत चौकुने गाउँपालिका–२ धमुका डम्मर विकका १० वर्षिय छोरा हिरु विक, मोहन्याल गाउँपालिका– २ कोलतडीकी २५ वर्षिय मानकु विक र उनका ४ वर्षिय छोरा धनबहादुर विक रहेको अस्थायी प्रहरी पोष्ट लगामका असई सुविन शाहले बताए।
‘लकडाउनका कारण कर्णाली नदीको पुलबाट आवातजावत बन्द गरिएपछि कैलालीबाटै डुङ्गा मगाएका थिए।’ असई शाहले भने,‘डुङ्गा चालक भने पौडी खेलेर सकुशल उत्रिएका रहेछन्।’
वेपत्ताहरुको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
Facebook Comments


























