काठमाडौं, जेष्ठ २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक अहिले बस्दै छ। प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएका हुन्।
बैठकका एजेण्डाबारे सचिवालय सदस्य अनविज्ञ छन्। ‘आजै सरकारकको नीति तथा कार्यक्रम आउँदै छ। हामीलाई बिना एजेन्डा बैठकमा बोलाइएको छ। ओलीको रणनीति बुझ्न गाह्रो छ’, एक सचिवालय सदस्यले भने।
नेपाल कम्युनिष्ट पार्टी एकताको भोलि (शनिबार) तीन वर्ष हुँदैछ।
कोरोना भाइरस सक्रमणको बहाना बनाउदै ओलीले वैशाख ३१ गते दोस्रोपटक निर्धारित स्थायी कमिटी बैठक स्थगित गरेका थिए। त्यसअघि वैशाख २५ गते निर्धारण गरिएको बैठक स्थगित भएको थियो।
त्यसको अघिल्लो दिन सचिवालय बैठक बोलाइएको थियो। उक्त बैठकमा आफ्नाविरुद्ध फेरि मोर्चाबन्दी गरेको भन्दै ओली झोक्किँएर बीचमै उठेर गएका थिए।
Facebook Comments


























