वीरगञ्ज, जेष्ठ १ । वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका दुवै कोरोनाभाइरस संक्रमित संक्रमित पक्राउ परेका छन्। अस्पतालको आइसोलेन कक्षमा राखिएका दुई जना बुधबार साँझ शौचालयबाट हाम फालेर भागेका थिए।
दुई संक्रमितमध्ये एक जना बुधबार साँझ नै पक्राउ परेका थिए। विन्दवासीनी गाँउपालिका घर भएका राजनाथ यादवलाई भने प्रहरीले बुधबार नै साँझ नै नियन्त्रणमा लिएर फेरि आइसोलेसन वार्डमा राखिसकेको छ।
अर्का संक्रमित वीरगन्ज १६ का जाबेद मियालाई बुधबार राति मावलीबाट प्रहरीले पक्राउ गर्न सफल भएको छ। अस्पतालको आइसोलेसन वार्डबाट भागेका उनी पहिला घर अनि त्यसपछि त्यहाँबाट पनि भागेर हरिहरपुरस्थित मावली घरमा पुगेका थिए।
पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार उनलाई साइकलमा राखेर मावली घर पुर्याउने एक व्यक्तिसहित ५ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
Facebook Comments


























