बैशाख ३१ । कोरोना भाईरसको महामारीको कारण स्थगित अष्ट्रियाको शीर्ष डिभिजनको बुन्डेस लिगा फुटबल जुनबाट सुचारु हुने भएको छ।
अष्ट्रिया सरकारले अनुमति दिएसँगै लिगको बाँकी खेल जुनबाट सुचारु हुने भएको हो। लिगको सुचारु मिति तय भएको छैन। तर, जुन ६र७ बाट लिग सुचारु गर्ने तयारी गरिएको छ।
सरकारले टिमको प्रशिक्षण शुक्रबारबाट गर्न समेत अनुमति दिएको छ। तर, खेलाडीले २ मिटरको दुरी कायम गर्नु पर्नेछ।
सबै खेलाडीको कोरोना परिक्षण समेत गर्नु पर्नेछ। यस सिजन लिगमा १० चरणको बाँकी रहेको छ।
यस सिजन लिन्ज एलएएसके शीर्ष स्थानमा रहेको छ। लिन्ज साविक विजेता आरबी साल्जवर्ग भन्दा ३ अंकले अघि रहेको छ।
कोरोनाको कारण अष्ट्रियामा ६ सय बढीको मृत्यु भईसकेको छ। १५ हजार बढीमा संक्रमण देखिएको छ। एजेन्सी
Facebook Comments


























