भोजपुर, बैशाख २८ । १६ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा भोजपुरमा ६७ वर्षीय काजीमान सुयल पक्राउ परेका छन्।
उनी भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका ७, कोटका स्थायी बासिन्दा हुन्।
सोही ठाउँमा पसल गरी बस्ने सुयलले किशोरीलाई शुक्रबार विभिन्न प्रलोभनमा पारी घरनजिकैको जंगलमा लगेर बलात्कार गरेको खुलेको प्रहरीले जनाएको छ।
Facebook Comments


























