बैशाख २६ । कोरोना भाईरसको भ्याक्सिन नबनेसम्म नेदरल्याण्डमा खेलकुद प्रतियोगितामा दर्शकलाई प्रवेश निषेध गरिने भएको छ।
नेदरल्याण्डका खेलकुद मन्त्री ह्युगो डी जोन्जीले कोरोनाको भ्याक्सिन नबनेसम्म देशको खेलकुद कार्यक्रममा दर्शकबिनै सञ्चालन गरिने बताएका हुन्।
प्रधानमन्त्री मार्क रुटीले बुधबार सम्पूर्ण आयोजकलाई सेप्टेम्बर १ सम्म खेलकुद कार्यक्रम स्थगित गर्न निर्देशन दिएका थिए।
तर खेलकुद मन्त्री डी जोन्जीले भ्याक्सिन नबनेसम्म दर्शक जम्मा हुन निषेध गरिने बताएका हुन्।
‘सामुहिक सभाका लागि तत्काल तारिख उल्लेख गर्न सकिदैन।’ उनले डच सांसदलाई एक पत्रमा लेखेका छन्।
‘जब भ्यासिन पत्ता लाग्छ, तब मात्र यो सम्भव छ। यसलाई कति समय लाग्छ भन्ने कसैलाई पनि थाहा छैन।’ उनले भनेका छन्।
‘हामी चाँडै होस भन्ने कामना गर्दछौ। तर एक बर्ष वा त्यो भन्दा अधिक समय लाग्न सक्छ।’ उनले भनेका छन्।
कोरोनाबाट नेदरल्याण्डमा ४१ हजार मानिस संक्रमित बनेका थिए। जसमा ५ हजार २ सय ८८ जनाले ज्यान गुमाएका थिए। कोरोनाकै कारण डच फुटबलको यस बर्षको सिजन रद्ध गरिएको थियो। एजेन्सी


























