बैशाख २६ । ईटालियन क्लब फ्लोरेन्टिनाका तीन खेलाडीमा कोरोना संक्रमण देखिएको छ।
ईटालियन सरकारले सिरि ए क्लबलाई अभ्यास गर्न अनुमती दिएसंगै फ्लोरेन्टिनाका खेलाडी तथा स्टाफमा कोरोनाको संक्रमण देखिएको हो।
सरकारले सिरि ए क्लबलाई व्यक्तिगत रुपमा अभ्यास गर्न अनुमती दिएको थियो। संक्रमित खेलाडी तथा स्टाफलाई अलग गरेर उपचार प्रक्रिया सुरु गरिएको छ। बाँकी खेलाडीको मेडिकल र फिटनेस परिक्षण गर्ने तयारी गरिएको छ।
एक टोरिनोका खेलाडीलाई समेत बुधबार कोरोनाको लक्षण देखिएपछि एकान्तवासमा लगिएको थियो। क्लबले संक्रमित खेलाडीको नाम सार्वजनीक गरेको छैन।
ईटालीले ८ हप्ता लकडाउन गरेपछि विस्तारै प्रतिबन्धलाई खुकुलो बनाउँदै लगेको छ। सिरि एका क्लबहरु अभ्यासमा फर्किएका छन्। तर लिग सुरु हुने बिषयमा कुनै निर्णय भएको छैन।
‘कोरोनाबाट संक्रमितलाई अलग राखेर उपचार प्रक्रिया अघि बढाईएको छ।’ फ्लोरेन्टिनाले जारी गरेको बिज्ञप्तीमा भनिएको छ, ‘समुहका रहेका बाँकी मानिसको मेडिकल र फिटनेट परिक्षण गरिनेछ।’ ऐन्सी


























