काठमाडौं, बैशाख २४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी नीति तथा कार्यक्रम र बजेटबारे छलफल गरेको छ।
कांग्रेस संसदीय दलले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पूर्वअर्थमन्त्रीहरू तथा अर्थ क्षेत्रसँग सरोकार राख्नेहरूसँग छलफल गरेको हो।
कांग्रेसले गठन गरेको छाया सरकारमा अर्थ मन्त्रालय हेर्ने जिम्मेवारी पाएका संयोजक मीनेन्द्र रिजालका अनुसार छलफलमा कांग्रेसका पदाधिकारीदेखि उद्योग, वाणिज्यलगायत सम्बन्धित क्षेत्रका छाता संस्थाका नेतृत्व सहभागी छन्।
छलफलमा सभापति शेरबहादुर देउवा पनि सहभागी छन्।
Facebook Comments


























