चीन, बैशाख २४ , कोरोना भाइरसको इपिसेन्टर चीनको वुहानमा विद्यालयहरु सञ्चालन गरिएको छ। ठूला कक्षा सञ्चालन गर्ने गरी विद्यालय सुचारु गरिएको हो।
परीक्षाको तयारीमा रहेका करिब ५७ हजार विद्यार्थीहरु विद्यालय जान थालेको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। विद्यार्थीहरु सबै मास्कमा देखिएका छन् भने विद्यालय प्रवेश गर्नुअघि ज्वरो नाप्ने गरिएको छ।
चीनको हुबेईमा ३२ दिनदेखि नयाँ संक्रमण नदेखिएपछि बिस्तारै विद्यालय सञ्चालनमा ल्याइएको हो। चीनभर भने २ नयाँ संक्रमित देखिएका छन्। चीनमा संक्रमितको संख्या ८२ हजार ८ सय ८३ थियो भने ४ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ। यद्यपि चीनले सार्वजनिक गरेको तथ्यांकमा बाँकी विश्वले आशंका प्रकट गर्दै आएका छन्। एजेन्सी
Facebook Comments


























