काठमाडौं, बैशाख २३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वहारा वर्गका महान् नेता कार्ल माक्र्सको २०२ औँ जन्म दिवसका अवसरमा आज शुभकामना व्यक्त गरेकाछन्।
अध्यक्ष दाहालले माक्र्स एक हजार वर्षयताकै महान् दार्शनिक रहेको बताउँदै सर्वहारा वर्गले मात्र होइन, उनको दर्शन र प्रतिपादित सिद्धान्तलाई पूँजीवादी दुनियाँले पनि मानेको बताए।
उनले महान् दार्शनिक माक्र्सप्रति उच्च सम्मान व्यक्त गर्दै विश्व सर्वहारा वर्ग र उत्पीडित जनसमुदायको मुक्तिका प्रणेताका रूपमा स्मरण गरे। अध्यक्ष दाहालले २१ औँ शताब्दीमा माक्र्सवादको रक्षा, प्रयोग र विकासका लागि विचारको विकास गर्न आवश्यक रहेको स्पष्ट पारे।
विश्व महामारीका रूपमा देखिएको कोरोना भाइरसका कारण गरीखाने श्रमजीवी जनसमुदाय सबैभन्दा पीडामा रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले उनीहरुको समस्या समाधान गर्न सम्बन्धित सबैमा आग्रह गरे।


























