बैशाख २२ । एचएमडी ग्लोबलले गत वर्ष अन्तराष्ट्रिय बजारमा आफ्नो फिचर फोन नोकिया २२० फोरजी सार्वजनिक गरेको थियो। लामो प्रतिक्षापछि कम्पनीले यो फोन चीनको बजारमा पनि लन्च गरेको छ।
चीनमा मे ७ देखि यो फोन सेलका लागि उपलब्ध हुनेछ। यो फोनले फोर जी नेटवर्कलाई सपोर्ट गर्नेछ। तर फोनले थ्री जी नेवर्कलाई भने सपोर्ट गर्ने छैन। यसमा भएको ब्याट्रीले ६ घण्टासभन्दा धेरै टकटाइम र २७ दिनभन्दा धेरै स्ट्याण्डबाइ टाइम दिन्छ।
नोकिया २२० फोरजी चीनमा आरएमबी २९९ अर्थात् करिब ४ हजार ८ सय रुपैयाँ पर्नेछ। फोनको प्रि बुकिङ सुरु भइसकेको छ। इच्छुकहरुले यसलाई चिनियाँ वेबसाइट जेडी डट कमबाट खरिद गर्नसक्ने छन्। प्रिबुकिङ पछि फोनको सेल्स ७ मेदेखि सुरु हुनेछ। यो फोन ब्ल्याक र ब्ल्यु कलर भेरियन्टमा उपलब्ध छ।
यो फोनमा फोरजी सपोर्टको साथमा भोल्टे सपोर्ट पनि रहेको छ। यो फोन क्लासिक पोलिकार्बोनेट बडीबाट बनेको छ। फोनमा २.४ इन्चको डिस्प्ले रहेको छ। यसमा फोटाग्राफीका लागि एलईडी फ्लैशको साथमा ०.३ मेगापिक्सल्सको क्यामेरा रहेको छ। फोनमा कनेक्टिभिटीका लागि ब्लूटुथ ४.२ को सपोर्टिभ फिचर पनि रहेको छ।
नोकिया २२० फोरजी फिचर फोनमा १२०० एमएएचको को नन रिमूभेबल ब्याट्री रहेको छ। यो फोनमा १६ एमबीको रैम र २४ एमबीको इन्टरनल एक्सटेन्डेबल मेमोरी रहेको छ।
अन्य फिचरको कुरा गर्दा यसमा माइक्रो युएसबी पोर्ट रहेको छ। ३.५ एमएम हेडफोन ज्याक रहेको छ।


























