बैशाख २२ । ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले सिरि एको बाँकी सिजन पुन सुरु हुने बिषयमा कुरा गर्न हतार हुने बताएका छन्।
सिरि एका क्लबहरुले सोमबार व्यक्तिगत रुपमा अभ्यास गर्न खेलाडीहरुलाई अनुमती दिएका थिए। तर टिमको अभ्यास भने मे १८ अगाडी गर्न पाईनेछैन। सिरि ए लिग मार्च ९ सम्मका लागि स्थगित गरिएको छ।
‘मैले केही अजिब चिजहरु पढेको छु। तर कुनै कुरा बदलिएको छैन।’ स्पडाफोराले भनेका छन्।
‘प्रतियोगिता पुन सुरु गर्ने बिषयमा अहिले हामी यसको बारेमा कुरा गर्ने छैनौ।’ उनले थपे।
सिरि ए र ईटालियन फुटबल महासंघ दुवै सिरि एको बाँकी सिजन सक्न चाहन्छन्। तर ईटाली सरकारले अहिलेसम्म कुनै निर्णय दिएको छैन। युरोपमा समेत फ्रेन्च लिग रद्ध गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई उपाधि दिईएको थियो।
युरोपभरी जर्मनको बुन्डेशलिगा चाँडै मैदान फर्कने तयारी गरेको छ।
अधिकारीहरुले मे ९ बाट प्रतियोगिता सुरु गर्ने बताएका थिए। तर सरकारले निर्णय गर्न ढिला गर्दा मे १६ देखि २३ सम्म सिजनको बाँकी खेल पुन सुरु हुने बताईएको छ।
स्पेनमा समेत ला लिगाले फुटबललाई बाहिर पुन सुरु गर्ने बिषयमा आन्तरिक छलफल गरिरहेको छ। एजेन्सी


























