काठमाडौं, बैशाख २० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टीभित्र देखिएको विवादमा सहमति खोज्नका लागि सचिवालय बैठक बोलाइएको हो।
बुधबारको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल–माधव नेपाल समूहले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन माग राखेका थिए। प्रधानमन्त्री केपी ओलीले त्यसको बदलामा कोरोनापछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई पार्टीको तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेका थिए।
सचिवालयमा दुई फरक–फरक प्रस्तावसँगै बुधबारको बैठक आज बस्ने गरि स्थगित भएको थियो। पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिएको छ।
खासगरी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र विवाद र गुटबन्दी चर्केको हो।
Facebook Comments


























