अछाम, बैशाख १९ । बान्नीगढी जयगढ गाउँपालिका ६, पानीखालमा जंगली जनावर घोरल मारेको आरोपमा ६ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बान्नीगढी जयगढ गाउँपालिका ६, बस्ने ३० वर्षीय भीमबहादुर साउद, २४ वर्षीय दल साउद, ३० वर्षीय जयन्द्र शाह र २० वर्षीय मंगल चन्दलगायत छन्।
प्रहरी चौकी जयगढबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त घोरल मारी घरतर्फ लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
Facebook Comments


























