काठमाडौँ, बेशाख १८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक सञ्जालमा गालीगलौच गरेको अभियोगमा पत्रकार दिपक पाठकलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलाई सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा पाठकलाई बिहीबार बिहान प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो।
उनीमाथि विद्युतीय अपराध गरेको आरोप लगाइएको छ। पाठक रेडियो नेपालका बोर्ड सदस्य समेत हुन्।
Facebook Comments


























