चितवन, बैशाख १७ । पत्रकार सुवास पण्डितलाई समाचार लेखेकै आधारमा कारवाही गर्छौँ भनेर धम्की दिनेलाई कारवाही गर्न प्रेस संगठन नेपाल चितवनले स्थानीय प्रशासनसँग माग गरेको छ।
बुधबार प्रेस संगठन नेपाल चितवनका अध्यक्ष प्रकाशमणि ज्ञवाली र सचिव तीर्थ नेपालले विज्ञप्ती जारी गर्दै प्रकाशित समाचारप्रति कुनै गुनासो भए कानुनी उपचार गर्ने उपाय हुँदाहुँदै धम्की दिनु आपत्तिजन भएको बताएका हुन्।

यसअघि नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले पनि विज्ञप्तीमार्फत धम्की दिनेहरुको पहिचान गरी कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका थिए।
Facebook Comments


























