बैशाख १५ । ईटालीका फरवार्ड एन्टोनियो कासानोले ईर्लिङ हाल्याण्डलाई युभेन्ट्स क्लब जान सुझाव दिएको बताएका छन्। अष्ट्रियाबाट खेलिरहेको समय कासानोले हाल्याण्डलाई सिरि ए क्लबमा जान सिफारिस गरेको बताएका हुन्।
उनका अनुसार सिरि ए च्याम्पियन क्लब युभेन्ट्सले समेत हाल्याण्डलाई हेरिहेको थियो। हाल्याण्ड गत जनवरीमा जर्मन क्लब बोरुसिया डर्टमण्ड आए।
च्याम्पियन्स लिगमा साल्जबर्गमा गरेको प्रर्दशनका आधारमा युरोपका ठुलो क्लबले हाल्याण्डमाथि आखाँ लगाएका थिए। जसमा डर्टमण्डले बाजी मार्यो।
हाल्याण्डले समेत डर्टमण्ड क्लब रोजेका थिए। उनले बुन्डेशलिगामा समेत आफ्नो गोल गर्ने लयलाई कायम राखेका छन्।
ईटालीका पूर्व अन्तराष्ट्रिय खेलाडी कासानोले हाल्याण्डले सजिलै टुरिन क्लबमा खेल्न सक्ने बताएका छन्। नर्वेली फुटबलमा भर्खरै जम्न लागेको समय कासानोले युभेन्ट्सका निर्देशक पियरो औसिलियोलाई हाल्याण्ड अनुबन्धका लागि आग्रह गरेको खुलासा गरेका हुन्।
‘जब उनी साल्जबर्गसंग खेल्न सुरु गरेका थिए। मैले हाल्याण्डलाई एसिलियोमा सिफारिस गरेको थिए।’ उनले भने।
कासानोलाई माथिल्लो स्तरमा गोल गर्ने कला राम्रोसंग थाहा छ। उनले रोमा, रियल मड्रिड र मिलानका दुवै क्लबबका लागि खेलेका थिए। उनले ३९ सिनियर अन्तराष्ट्रिय फुटबलमा ईटालीका लागि १० गोल गरेका छन्।
‘हाल्याण्डलाई एक राम्रो फरवार्ड हुन चाहिएका सबै पक्ष छन्।’ उनले भने, ‘उनले टिमलाई माथि राख्छ। स्कोर गर्छ। र दुवै खुट्टासंग कसरी खेल्ने भनेर जानेको छ। उ कसैसंग समेत डराउँदैन।’
हाल्याण्डले भर्खरै मात्र एक अन्तरवार्तामा डर्टमण्ड आउने सही निर्णय आफुले गरेको बताएका थिए। हाल्याण्डलाई डर्टमण्डमा स्टार फरवार्ड रोबर्ट लेवान्डोस्कीसंग तुलना गरिएको छ।
अन्तरवार्तामा हाल्याण्डले भने, ‘बच्चामा मेरा धेरै श्रद्धेय खेलाडी थिए। तर मसंग दुई खेलाडीको मात्र नाम छ। उनीहरु क्रिस्टियानो रोनाल्डो र ज्लाटन ईब्राहिमोविच हुन्।’ एजेन्सी


























