वीरगञ्ज, बैशाख १४ । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी वीरगञ्ज १० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको छ।
आइसोलेसनमा राखेर उपचारको तयारी गर्दागर्दै उनको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ।
आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि उनको थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडामा रहेको प्रादेशिक प्रयोगशालामा पठाइएको छ।
यसअघि ब्लड क्यान्सरक बिरामी ती युवतीमा आरडीटी पोजेटिभ देखिएको पीसीआर परीक्षणका लागि थ्रोट स्वाब संकलन गरेर हेटौंडा पठाएको नमरयणी अस्पतामलका मेडिकल सुपरिटेन्डेण्ट डा.मदन उपाध्यायले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि उनी गएको चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा भर्ना भएका थिए। उनको मृत्यु भएसँगै परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।
Facebook Comments


























