सल्यान, बैशाख १४ । सल्यानमा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन्। ५१ वर्षीय बुवा बुदे विकलाई कुटपिट गरी हत्या गरेको आरोपमा सिद्धकुमाख गाउँपालिका–२ कुइयाझोल बस्ने २१ वर्षीय सुरज विक पक्राउ परेका छन्।
सामान्य विवादको कारण सुरजले आफ्नै बुबालाई कुटपिट गर्दा घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
Facebook Comments


























