बैशाख ११ । इंग्लिस क्लब लिभरपुलका पूर्व मिडफिल्डर चार्ली एडमले विपक्षी खेलाडी टोकेपछि पाएको प्रतिबन्धबाट मुक्त हुन बार्सिलोनाका फरवार्ड लुइस स्वारेजले अभूतपूर्व शक्ति देखाएको बताएका छन्।
सन् २०१४ को विश्वकप फुटबल दौरान उरुग्वेका फरवार्ड स्वारेजले इटालीका जोर्जियो किएलीनीको काँधमा दागै बस्ने गरी टोकेका थिए।
जस्को कारण फिफाले स्वारेजलाई विश्वकपको बाँकी खेल र एक महिना फुटबल खेल्न प्रतिबन्ध गरेको थियो। फिफाको प्रतिबन्ध रहदा स्वारेज लिभरपुलबाट खेल्ने गर्थे।
‘उनी निराश भएका थिए। त्यहाँ के भएको थियो। प्रतिबन्धमा उनी कसरी सामेल भए। यो कसरी भयो,’ एडमले पूर्व सहकर्मीबारे भने, ‘तर, मानसिक पीडाबाट फर्केर आउने उनको तरिका अभूतपूर्व छ। म भन्छु उ विश्वको सर्वोकृष्ट ९ नम्बर खेलाडी हुन्।’
सन् २०१३/१४ को सिजन प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरेपछि स्वारेज बार्सिलोना आएका थिए। त्यस सिजन उनले ३३ खेलमा ३१ गोल गर्दै गोल्डेन शु जितेका थिए। यस्तै पीएफए प्लेयर अफ दि इयर र प्रिमियर लिग प्लेयर अफ दि सिजनको उपाधि जितेका थिए।
यस्तै एडमले स्वारेजमा गोलको भोको सधै रहने समेत बताए। जसको कारण बार्सिलोनाले उनले आफुलाई प्रमाणित गरेको उनको भनाई छ।
‘उ गोल गर्न भोको छ। उ विश्वकैसबैभन्दा राम्रो टोलीका लागि खेल्दै छ। मैले सबैभन्दा पहिले लियोनेल मेस्सीमा देखेको छु। यो आश्चर्यजनक छ कि उसले त्यो चरण बनायो,’ एडमले थपे।
स्वारेजले बार्सिलोनामा १३ मुख्य उपाधि जितिसकेका छन्। उनले ला लिगा, च्याम्पियन्स लिग, कोपा डेल र क्लब विश्वकप जस्ता उपाधि जितिसकेका छन्। एजेन्सी


























