काठमाडौं, बैशाख ११ । नवगठित जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले राजपा र समाजवादी पार्टी फुटाउने षड्यन्त्र असफल भएको दाबी गरेका छन्।
एकदलीय सोच राखेर सरकारले प्रतिपक्षी दललाई फुटाउन रातारात अध्यादेश ल्याएपछि आफूहरूले जुटेर जवाफ फर्काएको उनले बताए।
बुधवार भएको पार्टी एकताको निर्णय गराउन निर्वाचन आयोग पुगेका नेता महतोले पत्रकारसँग कुरा गर्दै हिमाल, पहाड, तराईको वैकल्पिक शक्ति निर्माणका लागि पार्टी एकता गरेको बताएका हुन्।
‘लोकतन्त्र दिवस मनाउँदै गर्दा सरकारबाट लोकतन्त्रमाथि आक्रमण भएको छ, दलीय पद्धतिलाई सिध्याउने काम भएको छ,’ महतोले पत्रकारसँग भने, ‘फुटाउने षड्यन्त्र थियो, जुटेर देखाइदियौ।’ पार्टी एकतामा कुनै विवाद नरहेको र पार्टी नफुट्ने उनले दाबी गरे।
Facebook Comments


























