बैशाख ११ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसले ४२१ जनाको मृत्यु भएको छ भने ४ हजार २२१ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै कोरोना भाइरसको महामारीबाट स्पेनमा मृत्यु हुनेको संख्या २१ हजार ७१७ पुगेको छ।
बिहिबार विहान यो समाचार तयार पार्दासम्म २ लाख ८ हजार ३८९ जना संक्रमित भएका छन्। संक्रमितमध्ये ८५ हजार ९१५ जना उपचारपछि निको भएका छन्।
१ लाख ७५७ जनाको उपचाररत छन्। त्यसमध्ये ७ हजार ७०५ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
Facebook Comments


























