बैशाख ११ । कोरोना भाइरसको महामारीले इटालीमा एकै दिन ४३७ जनाको मृत्यु भएको छ। बुधबार थप ४३७ जनाको मृत्यु भएपछि इटालीमा मृतकको संख्या २५ हजार ८५ पुगेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार ३७० जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुने मानिसको संख्या १ लाख ८७ हजार ३२७ पुगेको छ।
इटालीमा संक्रमितमध्ये ५४ हजार ५४३ जना उपचारपछि निको भएका छन्। उपचार गराइरहेका १ लाख ७ हजार ६९९ जनामध्ये २ हजार ३८४ जनाको अवस्था गम्भीर रहेको इटालीका स्वास्थ्य अधिकारीहरुले जनाएका छन्।
Facebook Comments


























