बैशाख ११ । करिव ४ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुने मानिसको संख्या ४७ हजार नाघेको छ। बुधबार विहान साढे ५ बजेसम्म थप २ हजार ३२१ जनाको मृत्यु भएसँगै कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या ४७ हजार ६३९ पुगेको हो।
पछिल्लो २४ घण्टामा त्यहाँ २९ हजार ३७१ जना नयाँ संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुने मानिसको संख्या ८ लाख ४८ हजार ११५ पुगेको छ।
अमेरिकामा संक्रमितमध्ये ८३ हजार ९७८ जना उपचारपछि निको भएका छन्। उपचार गराइरहेका ७ लाख १६ हजार ४९८ जनामध्ये १४ हजार १६ को अवस्था गम्भीर रहेको छ।
Facebook Comments


























