बैशाख ११ । ग्यारेथ बेल र उनी श्रीमती ईमाले वेल्सको हेल्थ च्यारिटीमा ५ लाख पाउण्ड सहयोग गरेका छन्। बेल दम्पत्तीले कार्डिफ र वेल्स युनिभर्सिटी हेल्थ बोर्डका लागि ५ लाख पाउण्ड सहयोग गरेका हुन्।
च्यारिटीले बेल दम्पत्तीले दिएको सहयोग विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसबिरुद्धको अभियानमा खर्च गरिने बताएको छ। च्यारिटीले सो रकम कोरोनाका दौरान नेश्नल हेल्थ सर्भिसबाट सेवा प्राप्त नगर्ने कर्मचारी र बिरामीमा खर्च गरिने बताएको छ। सीभीयूएचबीका मुख्य कार्यकारी अधिकृतले बेलको सहयोग रकम निकै शानदार रहेको बताए।
च्यारिटीले भनेको छ, ‘उनी आफै केही दिन चाहेका थिए। किनकी ग्यारेथ आफै यूएचडब्ल्यूको प्रसुती ईकाइमा जन्मिएका थिए। उनले सधै भन्दै आएका छन्, युएचडब्ल्यूले आफ्ना परिवार र साथीहरुलाई सेवा प्रदान गर्दै आएको छ।’
‘धन्यवाद गेल, तिमी बास्तवमै हाम्रो स्टार हौ।’ बिज्ञप्तीमा भनिएको छ।
वेल्सकै अन्तराष्ट्रिय खेलाडी तथा युभेन्ट्सका स्टार आरोन राम्सीले समते नेश्नल हेल्थ सर्भिसलाई दुई पटक आर्थिक सहयोग गरेका थिए। एजेन्सी


























