जर्मनी, बैशाख ११ । जर्मनीका सबै राज्यले मास्क लगाउन अनिवार्य गरिएको छ। कोरोना भाइरसको महामारी फैलिन दिनका लागि सार्वजनिक स्थानमा निस्कँदा अनिवार्य मास्क लगाउनु पर्ने नियम लागु गरिएको हो।
सिनेटले शुक्रबार जर्मन सिनेले यो नियमबारे औपचारिक निर्णय गर्ने तयारी छ। सार्वजनिक बस वा रेल चढ्दा तथा किनेमेलमा जाँदा जर्मनीका सबै क्षेत्रमा मास्क लगाउनु अनिवार्य भएको हो।
गएको हप्ता चान्सलर आंगेला मर्केलले मास्कको प्रयोगमा जोड दिएकी थिइन्। जर्मनीले लकडाउन खुकुलो पार्नका लागि मास्क अनिवार्य गरेको हो।
विभिन्न देशमा मास्कको प्रयोगलाई लिएर भिन्न नियम लागु भएका छन्। अस्ट्रेलियामा किनमेलमा जाँदा मास्क अनिवार्य रुपमा लगाउनु पर्ने नियम लागु गरेको छ । तर स्वीट्जरल्याण्डले भने लकडाउन खुकुलो पारे पनि मास्क लगाउनु अनिवार्य गरेको छैन। एजेन्सी
Facebook Comments


























