बैशाख १० । महिला युरोकप फुटबलको मिति टुङ्गो लागेको छ। युरोपेली फुटबल महासंघ (युईएफए) ले सन् २०२१ मा हुने तय भएको महिला युरोकप एक बर्ष पछि सार्दै नयाँ मिति टुङ्गो लगाएको हो।
युईएफएले तय गरेको नयाँ समय अनुसार युरोकप अब सन् २०२२ को जुलाई ६ देखि ३१ सम्म संचालन हुनेछ। प्रतियोगिता यसअघिनै ईङ्ल्याण्डमा हुने तय भईसकेको छ।
यसअघिनै पुरुष युरोकप र टोकियो ओलम्पिक एक बर्षका लागि सरिसकेको छ। कोरोना भाईरसको कारण देखाउँदै दुवै प्रतियोगिता एक बर्षका लागि सरेको हो।
प्रतियोगिता पुर्व निर्धारित खेल स्थलमै संचालन गर्ने तयारी छ। महिला युरोकपको नयाँ मिति सार्वजनीक भएसंगै सन् २०२२ को समरका दुई महिला प्रतियोगिता रोकिने भएको छ।
तीन युरोपेली टिम ईङ्ल्याण्ड, नेदरल्याण्ड र स्विडेन यसअघिनै ओलम्पिकमा छनोट भईसकेका छन्। एजेन्सी
Facebook Comments

























