बैशाख १० । कोरोना भाइरसको महामारीले विश्व आक्रान्त भइरहँदा यसको रोकथामका लागि औषधिदेखि खोपसम्म बनाउने कार्यले तीव्रता पाएको छ।
महामारीले आक्रान्त भएका मुलुकहरु रक्षात्मक हुँदै लकडाउनमा छन्। सँगसँगै कोरोना रोकथामका लागि औषधि उपचारको खोजी तथा प्रविधिको प्रयोग पनि भइरहेको छ।
सिंगापुरले भने कोरोना भाइरसविरुद्ध लड्न नयाँ एपको निर्माण गरेको जनाएको छ। उक्त एपले नजिक रहेका कोरोना भाइरस संक्रमितको सूचना दिने दावी गरिएको समाचार संस्था रोयटर्सले जनाएको छ।
कोरोना प्रभावित मान्छे दुई मिटरसम्म पर रहेपनि एपको प्रबिधिले जानकारी दिने जनाइएको छ। कोरोना भाइरसको संक्रमण रोक्न सिंगापुर सरकारले एप डाउनलोड गर्न आफ्ना नागरिकलाई आह्वान समेत गरेको छ।
Facebook Comments


























