बैशाख ५ । कोरोना भाईरसको कारण इंग्ल्यान्डका पूर्व डिफेन्डर नोर्मन हन्टरको निधन भएको छ।
कोरोनाको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएका हन्टरको बुधबार ७६ वर्षको उमेरमा निधन भएको हो। लिड्स युनाइटेडका लिजेण्ड हन्टरलाई गत साता अस्पताल भर्ना गरिएको थियो।
हन्टरले इंग्ल्यान्डको लागि २८ खेल खेलका छन् । इंग्ल्यान्डले सन् १९६६ को विश्वकप फुटबलको उपाधि जित्दा उनी टिममा रहेका थिए। उनले लिड्सबाट ५ सय बढी खेल खेलेका थिए । यस्तै उनले ब्रिस्टोल सिटी र बर्न्सलेबाट समेत खेलेका थिए। एजेन्सी
Facebook Comments


























