काठमाडौं, बेशाख ५ । देशभित्र बितेको तीन दिन कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका छैनन्। संक्रमितको संख्या १६ नै रहेकोमा १५ जना उपचाररत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। एक जना नीको भइसकेका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नयाँ संक्रमित नथपिएको बताए। पछिल्लो समय टेष्टको दायरा बनाइएको समेत बताए।
उनले हाल संक्रमित संख्या १६ नै रहेको र एकजना उपचारपछि घर फर्किएको बताए। जसमध्ये ५ जना धनगढी, ४ जना वीरगञ्ज, दुई जना टेकु, दुई जना पाटन, दुईजना धौलागिरी अस्पतालमा उपचाररत रहेको जानकारी दिए।
Facebook Comments


























