काठमाडौं, बैशाख ५ । सरकारले पैदल हिँडेर गाउँ फर्किनेहरुलाई के गर्ने भन्ने छलफल थालेको छ। कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शुक्रबार बसेको बैठकमा यसबारे कुराकानी भएको थियो।
तर निर्णय गर्नु अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीले समितिमा रहेका मन्त्रीहरुलाई बोलुवाटार बोलाएका छन्। एक मन्त्रीले भने, ‘प्रदेश र स्थानीय तहसँग समन्वय गरेर के गर्न सकिन्छ भनेर छलफल भएको छ। तर अब प्रधानमन्त्रीले के भन्नुहुन्छ, त्यस आधारमा निर्णय हुन् ।’
स्रोतकाअनुसार सरकारले घर जान दिने भनेर घोषणा नगर्ने तर जनप्रतिनिधिहरुसँग समन्वय गन्तव्यसम्म पुग्ने व्यवस्था मिलाउने विकल्पबारे छलफल भएको छ। तर कुनै निर्णय भएको छैन।
Facebook Comments


























