भैरहवा, वैशाख ३ । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी बढुवा भएका प्रभात ज्ञवालीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिई मुद्दा दायर गरेको छ।
सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत ज्ञवालीले बढुवा हुने क्रममा पेश गरेको भारतीय शैक्षिक प्रमाणपत्र झुठ्ठा र नक्कली रहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा प्रमाणपत्र नक्कली रहेको पृष्टि भएको हो।
उनले माध्यमिक शिक्षा परिषद, क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट नक्कली झुठ्ठा शैक्षिक प्रमाणपत्र लिई सरकारी ओहदा पाउने उद्देश्यले पेश गरी कम्प्युटर (प्राविधिक) र अधिकृत द्वितीय ९प्राविधिक० पदबाट सहायक स्तर प्रथम तह (ना.सु.) कम्प्युटर अपरेटर र अधिकृत छैठौ ९प्राविधिक० कम्प्युटर अधिकृत पदमा गरी दुई पटकसम्म बढुवा भई तलबभत्ता, सेवा सुविधा लिएका थिए।
ज्ञवालीलाई कानुन बमोजिम सजाय हुन मागदाबी लिई मंगलवार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

























