काठमाडौं, वैशाख ३ । पेप्सीकोलाको सनसिटीमा कोरोना भाइरसको रयापिड टेष्टबाट तीनजनाको पोजेटिभ नतिजा आयो। उनीहरुमध्ये दुईजनाको पुनः परीक्षणबाट पनि टेष्ट पोजेटिभ नै आएपछि अस्पतालमा भर्ना गरिए। त्यसमध्ये अर्का एकजनाको पुनः परीक्षणबाट टेष्ट भने नेगेटिभ आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुनः परीक्षणबाट अर्का व्यक्तिको टेष्ट नेगेटिभ आएको जानकारी दिए। उनले भने, अर्का एकजनाको टेष्ट नेगेटिभ आएको छ। योसँगै सनसिटीमा मात्र दुईजनाको टेष्टबाट कोरोना भाइरसको संक्रमण देखिएको छ।
सनसिटीमा संक्रमण देखिएपछि त्यहाँ धमाधम रयापिड डायगनसिस टेष्ट हुनथालेको छ। अहिलेसम्म २९८ को टेष्ट भइसकेको डा. विकास देवकोटाले जानकारी दिए। परीक्षणको नतिजा सबै नेगेटिभ आएको छ।
संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान गरी धमाधम टेष्ट गर्न थालिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले जानकारी दिए।

























