काठमाडौं, वैशाख ३ । अहिलेसम्म देशभर कुल ८ हजार ९२९ जनाको र्यापिड टेष्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सम्भावित कोरोना संक्रमितको स्क्रिनिङका लागि थप ७ जिल्लामा र्यापिड डायग्नोस्टिक किटबाट परीक्षण सुरु भएको छ।
मन्त्रालयका अनुसार अहिलेसम्म बाग्मती र सुदूरपश्चिम प्रदेशका सबै जिल्ला गरि ६३ जिल्लामा र्यापिड टेष्ट सुरु भइसकेको छ। अब प्रदेश १ का सात, दुईका तीन, गण्डकी र प्रदेश ५ को एकएक तथा कर्णाली प्रदेशको दुई जिल्लामा सुरु हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments

























