वैशाख, २ । एप्पल कम्पनीले आफ्नो २०२० को लागि प्रोडक्ट रोडम्याप तयार गरेको छ। २०२० को वर्षमा एप्पलले चारओटा आईफोन बजारमा लन्च गर्ने कुराहरु सुन्नमा आएको छ।
यसबीच एप्पलले आफ्नो आईफोन प्रोको च्यासिसलाई रिडिजाइन गर्ने भएको छ। आईफोन प्रोको पनि आईप्याड प्रोको जस्तै किनारहरु चेप्टो हुनेछ। यस्तै यसको स्क्रिनहरु पनि केही कर्भ्ड हुने मिङ चि क्यु एलासिसमा बताइएको छ। तर ब्लुमबर्गले भने स्क्रिन ग्लास पनि चेप्टो हुने दाबी गरेको छ।
ब्लुमबर्गको रिपोर्ट अनुसार एप्पलले दुईओटा आईफोन प्रो मोडल सार्वजनिक गर्नेछ जसमा ब्याक सेटअपमा तीनओटा क्यामेरा हुनेछन् जुन आईप्याड प्रोको लिडार थ्री डी स्क्यानिङ सिस्टम जस्तै हुनेछ।
रिपोर्टको अनुसार ठूलो आइफोन प्रोको स्क्रिन आइफोन ११ प्रो म्याक्सको ६.५ इन्च प्यानलभन्दा ठूलो हुनेछ। यसमा फेस आईडी नोचको साइज घटाउन सकिने बताइएको छ। गत वर्ष प्रो मोडलका स्क्रिन ५.४ देखि ६.७ इन्चको बीचमा थियो। एजेन्सी
साथै ब्लुमबर्गको अनुसार एप्पलले यो वर्ष नै सानो सस्तो होमपोड स्पिकर ल्याउनेसक्ने छ । यो नयाँ होमपोडको डिजाइन भने पुरानो नै जस्तो हुनेछ ।


























