काठमाडौं, वैशाख २ । नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म करिब दुई अर्ब रुपैयाँ जम्मा भएको छ।
कोषमा सरकारी तथा गैरसरकारी निकायबाट अहिलेसम्म एक अर्ब ९८ करोड ६७ लाख ७६ हजार सात सय ६० रुपैयाँ जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्तीमार्फत जानकारी गराएको छ।
विज्ञप्ती अनुसार अहिलेसम्ममा सबैभन्दा बढी हिमानी ट्रष्टले दुइ करोड जम्मा गरेको छ भने त्यसभन्दा पछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले दुइ चरणमा गरेर ६२ लाख ४ हजार ४ सय ४८ रुपैयाँ जम्मा गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।
उनका अनुसार कोषमा हिजो मात्र चार करोड ७८ लाख १२ हजार एक सय ७९ रुपैयाँ जम्मा भएको छ।
Facebook Comments


























