बैशाख २ । प्रिमियर लिग सहित ईङ्ल्याण्डको फुटबल जुनको पहिलो साता सुरु गर्ने तयारी गरिएको छ।
ईङ्लिस फुटबल लिगले जुनको ६ गतेबाट सिजनका बाँकी खेल सूरु गर्ने गरि तयारी अघि बढाएको छ। खेलहरु बन्द रंगशालामा हुने सम्भावना प्रवल छ।
बेलारुस बाहेक युरोप लगायत विश्वभरका फुटबल प्रतियोगिता कोरोना भाईरसका कारण प्रभावित छन्। धेरै देशले लकडाउनको घोषणा गरेर सार्वजनीक कार्यक्रम गर्न निषेध गरेका छन्।
कोरोनाका कारण स्पेन र ईटालीको फुटबल अनिश्चितकालका लागि स्थगित भएको छ। जर्मनमा बुन्डेशलिगा सहित दोस्रो डिभिजनको फुटबल क्लबले अभ्यास सुरु गरेका छन्।
अधिकारीका अनुसार मेको सुरुवातमा बन्द रंगशालामा बुन्डेशलिगाका सिजनका बाँकी खेल सुरु गर्ने तयारी गरिएको छ।
प्रिमियर लिगका सबै क्लबले शुक्रबार सिजनका बाँकी खेल सञ्चालनका बिषयमा छलफल गरेका छन्। ईङ्लिस अधिकारीका अनुसार प्रिमियर लिग सहित, च्याम्पियनसिप, लिग वान र लिग टूका खेल जुन ६ बाट सुरु गर्ने तयारी गरिएको छ।
लगत्तै मे १६ बाट छोटो प्रि–सिजनको सुरुवात गर्ने बिषयमा छलफल अघि बढेको छ।
ईङ्लिस फुटबल लिगको योजना सरकारी सल्लाह र सरकारले लिने लकडाउनको समयमा निर्भर रहनेछ। तर जुनको पहिलो साता बन्द रंगशालामा भएपनि फुटबल फर्काउने ईङ्ल्याण्डको तयारी छ। एजेन्सी


























