बैशाख २ । बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले ब्राजिलियन फरवार्ड नेयमार बार्सिलोना फर्कनेमा आफु विश्वस्त रहेको बताएका छन्।
डीजे मारियोसँगको अन्तर्वार्तामा अल सादका मुख्य प्रशिक्षक जाभीले पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार क्याम्प नाउ फर्कने बताएका हुन्।
नेयमार बार्सिलोना फर्कन्छन भन्ने प्रश्नमा जाभीले भने, ‘मलाई कुनै शंका छैन। उसँग म बन्द रुममा बसेको छु। उसले मलाई महान ठान्छन्। बार्सिलोनामा उनी व्यावसायिक थिए र उसले धेरै फरक बनाउथे।’
२८ वर्षे नेयमार सन् २०१८ मा बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पीएसजी गएका थिए। तर, पछिल्लो समय उनी बार्सिलोना फर्कने चर्चा चलिरहेको छ। जाभीले बार्सिलोनामा नेयमारसँग सँगै खेलेका थिए।
पछिल्लो समय जाभी पनि प्रशिक्षकको रुपमा बार्सिलोना फर्कने चर्चा चलेको छ। जाभीले पनि आफु क्लब फर्कन चाहिरहेको बताएका छन्। एजेन्सी


























