काठमाडौं, बैशाख १ । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले दुई आकर्षक योजनाहरु ल्याएको छ।
योजना अनुसार विश्वका १५ देशमा प्रतिमिनेट २ रुपैयाँ ४९ पैसामा कुराकानी गर्न सकिने छ भने, १ महिनाको लागि ४ डिजिटल सेवाहरु निःशुल्क उपलब्ध गराउने भएको छ।
यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ। अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन्।
ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन्। यो योजना १ महिनाको लागि मान्य रहनेछ।
नयाँ वर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क गरेको छ। अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिनासम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ।
यसैगरी यस नयाँ वर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवा भक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क दिने भएको छ। उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ।


























