बैशाख १ । स्पेनिस क्लब रियल सोसीडाडले टिमको प्रशिक्षण सुचारु गर्ने योजनालाई रद्द गरेको छ।
कोरोना भाईरसको कारण स्थगित टिमको प्रशिक्षण मंगलबारबाट सुचारु गर्ने क्लबले तयारी गरेको थियो। तर, क्लबले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षणको योजना स्थगित गरेको जनाएको छ।
क्लबले खेलाडीले प्रशिक्षणको दौरान सामाजिक दुरी र सरकारको नियमलाई पालना नगर्ने सम्भावना देखिएको जनाएको छ।
कोरोनाको महामारीको कारण स्पेनमा फुटबल गतिविधि अनिश्चित कालका लागि स्थगित गरिएको छ। स्पेनमा कोरोनाको कारण १६ हजार बढी मृत्यु हुनुका साथै १ लाख बढीमा संक्रमण देखिएको छ।
यस सिजन लिगमा सोसीडाड चौंथो स्थानमा रहेको छ। सोसीडाडले अन्तिम पटक इबरसँग मार्च १० मा खेलेको थियो। एजेन्सी
Facebook Comments


























