काठमाडौं, चैत्र ३० । विश्व बैंकले यस वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि २.८ प्रतिशतको बीचमा रहने अनुमान गरेको छ। कोरोना भाइरसको महामारीले सिर्जना गरेको महामन्दीलाई दृष्टिगत गर्दै विश्व बैंकले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो।
विश्व बैंकले आफ्नो अर्धवार्षिक प्रकाशन ‘साउथ एसिया इकोनोमिक फोकस’ प्रतिवेदन सार्वजनिक गर्दै विद्यमान अवस्थालाई भयावह अवस्थाका रुपमा चित्रित गरेको छ।
दक्षिण एसिया क्षेत्रमा अहिलेको अवस्था ४ दशक यताकै खराब रहेको विश्व बैंकले जनाएको छ।
Facebook Comments


























